फिल्मबाट टाढै छन् अक्षय कुमारका छोरा, यो क्षेत्रमा बनाउन चाहन्छन् करियर - Crazysaptahik.com

फिल्मबाट टाढै छन् अक्षय कुमारका छोरा, यो क्षेत्रमा बनाउन चाहन्छन् करियर


अक्षय कुमार एक पारिवारिक व्यक्ति हुन् । उनको र श्रीमती ट्विंकल खन्नाको फिल्मसँग नाता रहेपनि उनीहरुका सन्तान अलग दिशामा जान चाहन्छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा अक्षयले उनको छोरा आरभ फिल्ममा आउन नचाहेको बताएका छन् ।

लिभ इनमा बसे यो जोडी
भारतीय पत्रकार सुधिर चौधरीले उनलाई टिवंकल एक फिल्मी परिवारको भएको नाताले कहिले कतै बाहिरी महसुस भयो भनेर प्रश्न सोधे । अक्षयले भने, ’यस्तो कहिले पनि भएन । म तपाईंलाई भन्न चाहन्छु कि म र टिवंकल विवाहपूर्व एक वर्षसम्म सँगै बसेका थियौँ । हामी लिभ इन सम्बन्धमा थियौँ । त्यसैले त्यतिबेला म मध्यम वर्गीय परिवारको हुँदा पनि मलाई समस्या परेन ।’

फिल्मबाट टाढा छन् आरभ नितारा

अक्षयले भने, ’मेरो घरमा कसैले पनि फिल्मबारे कुरा गर्दैन । श्रीमती टिवंकल असाध्यै ठुलो क्रिटिक हुन् । उनले निर्माताको अगाडि कुन फिल्म कस्तो हो भनेर भनिदिन्छिन् । तर आरभ र नितारा यसमा संलग्न छैनन् ।

मेरा छोरा र छोरी निकै फरक छन् । आरभलाई फिल्ममा फिटिक्कै रुची छैन । उनले सधैँ फेसन डिजाइनर बन्न मनपर्छ । उनलाई आफ्नो करियर फेसन डिजाइनिंगमा नै बनाउनु छ ।’ ’म पनि यहि चाहन्छु कि उनीहरु खुसी रहुन् । मेरो कारण उनले चार पाँच वटा फिल्म पाउन् भन्ने पनि चाहन्नँ ।

रोचक कुरा के हो भने उनी आफैँ पनि चाहँदैनन् । हालै उनलाई लन्डनको युनिभर्सिटीमा भर्ना चाहिएको थियो । त्यहाँको बोर्डका एक दुईजना सदस्य मैले चिनेको छु । अचम्मको कुरा के छ भने यसबारे उनले मसँग भने – पापा यदि तपाईंले उहाँहरुसँग कुरा गर्नुभयो र त्यसपछि मैले त्यहाँ भर्ना पाएँ भने म जाँदिन । ’

’मलाई थाहा छ, उसलाई त्यहाँ जानु छ । तर मैले आफ्नी श्रीमतीसँग कुरा यसबारे कुरा नगरौँ भने । उनी यस्तो सोच भएको केटा हो । साथै, हाम्रो परिवारको लेगेसीको हिसाबले बच्चाले केही गरुन् भन्ने पनि मैले केही सोच्ने छैन ।’

सम्बन्धित खवर