भिटेनको स्वरमा ‘छड्के २’ को  गीत ‘छड्के खालास् ओए’ सार्वजनिक - Crazysaptahik.com

भिटेनको स्वरमा ‘छड्के २’ को  गीत ‘छड्के खालास् ओए’ सार्वजनिक

अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा ‘छड्के २’ले ¥यापर समेत रहेका भिटेनको स्वर तथा संगीतमा गीत ‘छड्के खालास्’ रिलिज गरेको छ । आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्मले पहिलो गीतको रुपमा यसलाई सार्वजनिक गरेको हो ।भिटेनले फिल्ममा प्रमोसनसहितका अन्य केही गीत पनि गाएका छन् ।

यसका लागि उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माताले पुष्टि गरे । यो फिल्मसँगै भिटेन पाश्र्वगायनमा सर्वाधिक पारिश्रमिक लिने नेपाली ¥यापर बनेका छन् । फिल्ममा यसलाई मौलिक गीत (ओएसटी)को रुपमा प्रयोग गरिने जनाइएको छ ।यो गीत पनि भिटेन स्वयंले लेखेका हुन् ।

प्राकृतिक स्रोत हत्याउन फिल्ममा तीन ग्याङबीच हुन लडाइँको कथावस्तुमा फिल्म बनेको छ । फिल्ममा अनमोलले नायक र निर्देशक समेत रहेका निगम श्रेष्ठले खलनायकको भूमिकामा अभिनय गरेका छन् । जनराका गीत रुचाउने दर्शकलाई भिटेनको यो ट्रयाक रुचिकर हुनसक्छ ।

गीतसँगै फिल्मको कथावस्तुलाई पनि प्रस्तुत गरिएको छ । साथै, फिल्मका पात्रहरुको मुडलाई पनि यो मौलिक गीतले चित्रण गरेको छ । मनाङ र नारायणगढमा छायांकन गरिएको यो फिल्ममा अनमोलसहित रविन तामाङ, निगम श्रेष्ठ, कमलमणि नेपाल, रेशा आले मगरको शीर्ष भूमिका छ ।

फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । फिल्म अनमोलको पहिलो ग्याङस्टर प्रोजेक्ट हो ।

सम्बन्धित खवर