दोस्रो सप्ताहान्तमै खस्कियो ‘एन्टम्यान ३’, मार्वल स्टुडियोको संकट सुरु भएकै हो ? - Crazysaptahik.com

दोस्रो सप्ताहान्तमै खस्कियो ‘एन्टम्यान ३’, मार्वल स्टुडियोको संकट सुरु भएकै हो ?

मार्वल स्टुडियोको चर्चित हलिउड फिल्म ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ले पहिलो साता बक्स अफिसमा राम्रो कमायो । पल रड स्टारर मार्वल फिल्मको टिकट बिक्री १०५ मिलियन डलरबाट ६९ प्रतिशतले कमी भएको छ, जुन फ्रेन्चाइजीको इतिहासमा सबैभन्दा ठूलो दोस्रो सप्ताहन्तको गिरावट हो ।

फिल्मको यो पतनले विश्लेषक र विज्ञबीच बहसलाई निम्त्याएको छ– के फिल्मको प्रदर्शन हलिउडको सबैभन्दा ठूलो फिल्मका लागि पतनतर्फको प्रस्थानबिन्दु हो ? कमस्कोरका विश्लेषक पउल डेर्गाबेडियनका अनुसार यसको उत्तर यसबीचमा कतै हुन सक्छ ।

अर्को शब्दमा भन्नुपर्दा यसको दोस्रो सप्ताहन्तको ३२ मिलियन डलरको कमाइ फिल्मका लागि उत्साहजनक छैन । फिल्मले भर्खरै दौड सुरु गरेको छ र यसको टिकट बिक्री पुगेर कहाँ पुगेर समापन हुन्छ, यो प्रतीक्षाको विषय हो । ‘एन्ट म्यान’ले पक्कै पनि १०० मिलियन डलरको सुरुवात गर्दै प्रदर्शन थालेको थियो ।

खराब समीक्षा र आलोचनाको बाबजुद पनि ‘मार्भल ट्रियोलजी’का लागि यो सबैभन्दा ठूलो ओपनिङ पनि हो । ‘मलाई यो कुरा ठूलो लाग्दैन,’ एक्जिबिटर रिलेसन्सका विशेषक जेफ बक भन्छन्, ‘अवश्य पनि सिरिजमा भने यसको ओपनिङ अहिलेसम्मकै उच्च थियो ।’

मार्वलका ठूला फिल्मले रिलिजको पहिलो सप्ताहन्तमा लगानीको ठूलो हिस्सा कमाउनु असामान्य छैन । मार्वल फिल्महरु दर्शकको रोजाइमा पर्ने गरेका छन् र कुनै स्पोइलरबिना दर्शक फिल्म हेर्न चाहन्छन् । २०० मिलियन डलरमा निर्माण भएको ‘क्वान्टुमेनिया’ मार्वल सिनेम्याटिक युनिभर्सको ३१ औं श्रृंखला हो र एमसीयूको पाँचौं चरणको सुरुवात पनि ।

यसअन्तर्गत ‘एन्ट म्यान : क्वान्टुमेनिया’ अपवाद रहेन । पछिल्लो समय हल सञ्चालकहरु जो टिकट मूल्यलाई निर्धारण गर्छन्, उनीहरुले पहिलो सप्ताहन्त फिल्मका लागि बढी टिकट मूल्य लिन थालेका छन् । दोस्रो सप्ताहन्तको ‘एन्ट–म्यान’को कमाइले मार्वलको लागि सम्भावित चिन्ताजनक भविष्यतर्फ संकेत गर्छ ।

हुन त दोस्रो सप्ताहन्तमा यो फिल्मले भयंकर गिरावट हुने खालको एमसीयू फिल्म चाहिं होइन तर क्वान्टुमेनियाको गिरावट चिन्ताजनक छ । ब्ल्याक विडो (६७.८ प्रतिशत), थोर : लभ एण्ड थन्डर (६७.६ प्रतिशत), ‘स्पाइडर–म्यान : नो वे होम (६७.५ प्रतिशत) र डाक्टर स्ट्रेन्ज : इन द मल्टिवर्स अफ म्याडनेससहित महामारीमा रिलिज भएका फिल्महरु ६७ प्रतिशतले गिरावट हुनुपयो ।

विश्लेषक फिल्मको सफलतालाई यसको जीवनकालको कुल कमाइबाट मापन गर्न रुचाउँछन् । ‘एन्ट–म्यान’को तेस्रो श्रृंखलाले यसअघिका अघिल्ला संस्करणभन्दा कमाइमा सुधार गर्ने अपेक्षा गरिएको छ । अहिलेसम्म ‘क्वान्टुमेनिया’ले उत्तर अमेरिकामा १६७ मिलियन डलर र विश्वभर ३६४ मिलियन डलर मात्र कमाएको छ ।

यो शंका गर्नेहरूलाई सम्झाउन लायक छ कि हरेक मार्वल फिल्मलाई समान रूपमा सिर्जना गरिएको छैन । ‘एन्ट–म्यान’ कम्तीमा बक्स अफिसमा यसको एभेन्जर समकालीन जत्तिकै शक्तिशाली कहिल्यै भएको छैन । फिल्मका आगामी सिक्वेल जतिसुकै सशक्त भएपनि यसले एभेन्जर्स : एण्डगेमजस्ता ठूला फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सम्बन्धित खवर