कलाकारलाई कटाक्ष गर्दै ‘छक्कापञ्जा ४’ ले ल्यायो माग्ने बुढाको स्वरमा गीत - Crazysaptahik.com

कलाकारलाई कटाक्ष गर्दै ‘छक्कापञ्जा ४’ ले ल्यायो माग्ने बुढाको स्वरमा गीत

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ले केदारप्रसाद घिमिरे माग्नेबुढाको स्वरमा प्रवद्र्धन गीत ल्याएको छ । जसमा फिल्मका शीर्ष सबै कलाकारलाई व्यंग्य गरिएको छ । अहिलेसम्म अविवाहित दीपाश्रीदेखि दीपकराज गिरीसम्मको ढल्किंदो उमेरलाई गीतमा कटाक्ष गरिएको छ ।

अभिनेत्रीहरु बेनिशा हमाल, मलिना जोशी र स्वस्तिमा खड्कालाई पनि गीतमा कटाक्ष गरिएको छ । तीतो सत्यमा बाल कलाकारको रुपमा चर्चामा आएका राज आचार्यदेखि बुद्धि तामाङसम्मलाई गीतमा उछितो काढिएको छ । माग्ने बुढाको आफ्नै कम्पोजमा तयार भएको गीतको भिडियोमा कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मालाई पनि फिचर्ड गरिएको छ ।

गीतमा फिल्मका सबै कलाकारलाई व्यंग्य मात्र गरिएको छैन, उनीहरुको वास्तविक जीवनलाई पनि व्यंग्य गरिएको छ । प्रमोसनल गीतको रुपमा ल्याइएको यसमा फिल्मका महत्वपूर्ण दृश्यलाई समेत समावेश गरिएको छ । हेमराज बीसी निर्देशित कमेडी तथा सोसल ड्रामा छक्कापञ्जा ४ शुक्रबारदेखि नेपालसहित केही मुलुकमा रिलिज हुँदैछ ।

सम्बन्धित खवर