पलको सफाइ पाएपछि पूजाले भनिन्, ‘सबै कुरा सुन्दर भएर आयो’ - Crazysaptahik.com

पलको सफाइ पाएपछि पूजाले भनिन्, ‘सबै कुरा सुन्दर भएर आयो’

नाबालिगमाथि जबरजस्ती करणी गरेको मुद्दामा कलाकार पल शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । पलको सफाइसँगै सामाजिक संजालमा कलाकारले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् । यस्तैमा अभिनेत्री पूजा शर्माले पलले सफाइ पाउँदा खुसी व्यक्त गरेकी छन् ।

उनले पलको सफाइसँगै सबै कुरा सुन्दर भएर आएको बताएकी हुन् । उनले लेखेकी छन्, ‘आज पानी प¥यो । सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । सबै कुरा सुन्दर भएर आयो ।’ उनले अन्त्यमा भगवानलाई धन्यवाद समेत भनेकी छन् ।

पूजा केही अगाडि पलको जन्मदिन पारेर तनहुँ कारागारमा समेत पुगेकी थिइन् । उक्त समय उनले कारागारभित्र पलको जन्मदिन सेलिब्रेसन गर्दै केक समेत काटेकी थिइन् ।

सम्बन्धित खवर