भारतीय मिडियाले भन्यो– ‘थ्री लवर्स’ की प्रियंका कार्की याद छ ? - Crazysaptahik.com

भारतीय मिडियाले भन्यो– ‘थ्री लवर्स’ की प्रियंका कार्की याद छ ?

भारतीय अनलाईन मिडिया अमर उजालाले नेपाली अभिनेत्री प्रियंका कार्कीको चर्चा गरेको छ । ’‘थ्री लवर्स’की प्रियंका कार्की याद है ?’ शीर्षकका मिडियाले प्रियंकाको अभिनयको चर्चा गरेको हो । अनलाइनले प्रियंकाको केही तस्बिर भिडियोको रुपमा प्रयोग गर्दै रिपोर्ट बनाएको छ । जसमा नेपाली अभिनेत्री प्रियंका कार्कीले २७ फेब्रुअरीमा आफ्नो जन्मदिन मनाइरहेको उल्लेख गरेको छ ।

समाचारमा भनिएको छ, ‘नेपाली फिल्ममा ‘थ्री लवर्स’ मार्फत २०१२ मा डेब्यु गरेकी प्रियंकाले झोले, नाई नभन्नु ल जस्ता कयौं फिल्म अभिनय गरेकी छन् । २०१५ मा उनले फिल्म सुन्तली मार्फत बेष्ट अभिनेत्रीको अवार्ड लिएकी थिइन् ।’

सम्बन्धित खवर