पथरीमा 'पुरानो बुलेट'लाई दर्शकको ताली - Crazysaptahik.com

पथरीमा ‘पुरानो बुलेट’लाई दर्शकको ताली

पथरी l पथरीशनिश्चरेका युवाहरुको लगानीमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ ले पथरीशनिश्चरेका दर्शकको ताली पाएको छ । आगामी चैत्र १ बाट अल नेपाल प्रदर्शनमा आउन लागेको सो फिल्म सोमबार कञ्चन चलचित्र मन्दिर पथरीमा च्यारिटी शोमा दर्शकको मन जित्न सफल भएको हो । ७ सय क्षमता भएको फिल्म हलमा लगभग ५ सय दर्शकले फिल्म हेरेका थिए । औपचारीक रुपमा सुरु भएको फिल्मको नगरका प्रमुख दिलिप कुमार राई (किशोर)ले रिवन काटेर शो को उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष बाबुराम एक्देन, १० नम्बर वडाध्यक्ष सागर राई, ६ नम्बर वडाध्यक्ष जय तामाङ, समाजसेवी धनकुमार तामाङ, कमल हाङबाङ लगायतले सहभागी भएका थिए । फिल्मको मध्यन्तरपछि नायक अनुविक्रम शाही, नायिका माला लिम्बु र निर्देशक भिषण राई पनि दर्शकमाझ फिल्मको बारेमा प्रष्टाएका थिए ।

त्यसैगरी नायक, नायीका र निर्देशक, कार्यकारी निर्माता र अतिथिहरुले दर्शकसँगै फिल्म हेरे । पूर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पथरीमा दर्शकले सोचेको भन्दा धेरै राम्रो भएको बताएका छन् । हलबाट निस्किने क्रममा उनीहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । नायक अनुपबिक्रम र मालाले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि फिल्मबाट निक्कै उत्साहित भएको बताएका छन् । चलत्रित्रका कार्यकारी निर्माता सन्तोष राईले फिल्म हेरिदिन आग्रह गर्दै फिल्मले दर्शकको मन जित्ने कुरामा विश्वत रहेको बताए ।

सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन भएको फिल्म ‘पुरानो बुलेट’को लगानीकर्ताहरुले वर्लड प्रिमियर सो हङकङमा गरिसकेको छ । क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको सो फिल्म गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थको लागी पथरीमा च्यारिटी शो गरिएको कार्यकारी निर्माता सन्तोष राईले बताए । कथा पटकथा लेखनमा निर्देशक भीषण राई र कार्यकारी निर्माता सन्तोष राईसँग साँझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु फिल्म निर्मातामा छन् ।

सम्बन्धित खवर