मिस पथरीशनिश्चरेका प्रतियोगीहरु प्रशिक्षणमा - Crazysaptahik.com

मिस पथरीशनिश्चरेका प्रतियोगीहरु प्रशिक्षणमा

क्रेजी साप्ताहिक
पथरी । मिस पथरीशनिश्चरे सिजन १ को पहिलो र दोस्रो अडिसन सम्पन्न भइसकेको । मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधि नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा आयोजना भएको हो । छनौट भएका मध्ये १७ जना सुन्दरीहरुलाई २५ दिनको बन्द प्रशिक्षणमा छन् ।

अहिले पथरीशनिचरेमा अवस्थित एभरेष्ट माविमा ग्रुमिङ क्लास चलिरहेको छ । प्रतियोगीहरुलाई इन्टरेक्सन एण्ड मोटिभेसन नेपाल जेसीजका भाइस प्रेसिडेन्ट रबिन पोखरेलले गराइरहेका छन् । नगरमा प्रथम पटक हुन लागेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैयाँ, एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ ।

यसैगरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व, मिस क्याटवक, बेस्ट फिगर, मिस ट्यालेन्ट, पब्लिक च्वाइस, बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ बिधामा सहभागी गराई आठै विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर