रणवीर र आलिया उत्कृष्ट नायक नायिका - Crazysaptahik.com

रणवीर र आलिया उत्कृष्ट नायक नायिका

बलिउडमा बर्षमा १२ भन्दा बढी अवार्ड हुन्छ । तर सबैभन्दा विश्वसनीय अवार्डको रुपमा ‘फिल्मफेयर अवार्ड’लाई मान्ने गरिन्छ । यो अवार्ड पाउँदा चलचित्रकर्मीहरु पनि सफलता पाएको महसुस गर्छन् । शनिबार मुम्बइमा भव्य रुपमा यो अवार्ड सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा नायक साहरुख खान, रणवीर कपुर, रणवीर सिंह, आयुष्मान खुराना, साराअली खान, जान्वी कपुर, विक्की कौशल, दीपिका पादुकोण, आलिया भट्ट लगायतका दर्जनौ बलिउडकर्मीको उपस्थिति थियो ।

सो अवार्डमा उत्कृष्ट नायकको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत् रणवीर कपुरले हात पारे भने नायिकामा ‘राजी’बाट आलिया भट्ट उत्कृष्ट भइन् । यस्तै उत्कृष्ट चलचित्रमा ‘राजी’ले पपुलरतर्फ अवार्ड प्राप्त गर्दा ‘अन्धाधुन’ले क्रिटिक्स अवार्ड प्राप्त गरेको छ ।

अवार्ड कार्यक्रममा हेमा मालिनीलाई ‘फिल्मफेयर लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो । त्यस्तै स्वर्गिय नायिका श्रीदेवीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा श्रद्धाञ्जली दिइएको थियो ।

सम्बन्धित खवर