चलचित्र 'दुःखी आत्मा'को शुभमुर्हत - Crazysaptahik.com

चलचित्र ‘दुःखी आत्मा’को शुभमुर्हत

क्रेजी साप्ताहिक
उर्लाबारी । गोपी क्रिएसन एण्ड मुभी र मोते फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण हुने तथा मौसम भट्टराईको निर्देशनमा बन्न तयार भएको नयाँ चलचित्र ‘दुःखी आत्मा’को सोमबार मोरङको पथरीशनिश्चरेस्थित नर्वदेश्वर शिवालय मन्दिरमा शुभमुर्हत गरिएको छ ।

शुभमुर्हत कार्यक्रममा सो फिल्मका नायक मनोज घतानी र नायिका अनुष्का कुमालले मुर्हत सट दिएका थिए । प्रेम, रोमान्स र एक्सनले भरिपूर्ण सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको शुभमुर्हत कार्यक्रम पूर्वका व्यवसायी तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यतामा गरिएको थियो । व्यवसायी शंकरले नरिवल फुटाएर मुर्हत सट दिनुका साथै क्ल्याप ठोकेका थिए ।

चलचित्रका प्रस्तुतकर्ता सन्तोष राईले समसामयिक बिषयमा आधारित चलचित्रमा गाउँ समाजमा घटेका घटनालाई समेटिएको बताएका छन् । उनका अनुसार चलचित्रमा द्वन्द्व र गीतलाई पनि मेहनत गरेर प्राथमिकता दिइएको छ । चलचित्रमा मनोज घतानी, अनुष्का कुमाल, रुविना तामाङको मुख्य भुमिका । यहि चैतको अन्तिम साताबाट छायांकन सुरु गरिने चलचित्रको छायांकन प्रदेश नम्बर १ का विभिन्न रमणीय स्थानमा हुनेछ ।

सम्बन्धित खवर