वर्षा भन्छिन–‘बिहे अगाडि एक अर्कालाई वुझेको राम्रो’ - Crazysaptahik.com

वर्षा भन्छिन–‘बिहे अगाडि एक अर्कालाई वुझेको राम्रो’


क्रेजी साप्ताहिक । यो बर्ष चलचित्र क्षेत्रमा नाम चलेका नायिकाहरुले बिहे गरे । ऋचा शर्मा, प्रियंका कार्कीदेखि आँचल शर्माले जीवनको नयाँ आयाम सुरु गरेका छन् । यी सबै नायिकाहरुको प्रेम बिबाह हो । सबै नायिकाहरुको बिहेमा सहभागी भएकी नायिका वर्षा सिवाकोटी आफू भने कस्तो बिहे चाहन्छिन् त ?

तपाइलाई प्रेम बिबाह मनपर्छ कि मागी बिबाह, पत्रकारको यो प्रश्नमा वर्षाले भनिन्–‘यस्तै प्रकारको बिहे होस् भन्ने चाहना त मलाई छैन । तर, बिहे अगाडि एकले अर्कालाई वुझेको राम्रो हुन्छ ।

मागी बिबाह भएपनि केही समय लिएर, प्रेममा रहेर गर्दा राम्रो हुन्छ ।’ यसो गर्दा केटा र केटीले एक अर्कालाई वुझ्न सक्ने वर्षाको तर्क छ । नायिका वर्षा सिवाकोटीले आफ्नो अझै बिहे गर्ने समय नभएको बताउँदै आएकी छिन् । उनले करिब ५ बर्षपछि मात्र आफ्नो बिहे योजना रहेको सुनाइन् ।

सम्बन्धित खवर