चैतमा रिलिज हुने सिनेमा पनि पोष्टपोन्ड - Crazysaptahik.com

चैतमा रिलिज हुने सिनेमा पनि पोष्टपोन्ड


क्रेजी साप्ताहिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्रको बजार चरम संकटमा पुगेको छ । चलचित्र रिलिजका लागि तयार भएका निर्माताले समेत प्रदर्शन मिति पछि सारेका छन् । फागुण र चैत्र महिनामा नेपाली चलचित्रले राम्रो व्यापार गर्छन् ।

तर, यो महिनामा चलचित्र रिलिज हुने संभावना कम देखिएको छ । चैत्र ७ गते रिलिज हुने भनिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति स्थगित भैसकेको छ । यस्तै, चैत्रको २१ गते रिलिज हुने भनिएको चलचित्र ‘लक्का जवान’ पनि अब रिलिज नहुने भएको छ ।

शिवहरि पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा दीलिप रायमाझी, किरण केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ । यस्तै, नयाँ बर्षको छेकोमा रिलिज हुने भनिएका चलचित्र ‘प्रेमगीत ३, माइकल अधिकारी’को प्रदर्शन पनि पछि सरेको छ ।

नयाँ बर्षको छेकोमा रिलिज हुने चलचित्रले कमाई राम्रो गर्ने गरेका छन् । तर, यसपटक निर्माता भने कोरोनाका कारण मर्कामा परेका छन् । वैशाखमा प्रदर्शन मिति तोकिएका चलचित्र पनि अब के हुन्छन् भन्ने टुंगो लागेको छैन । यसले, कमाउने महिनामा चलचित्र नै रिलिज नहुँदा चलचित्रका निर्माता, हल संचालकहरुलाई ठूलो रकम घाटा लाग्ने पक्का छ ।

सम्बन्धित खवर