टाइग्र भन्छन् ‘मेरो भन्दा सलमानको ब्रासलेटको फ्यान धेरै छन्’ - Crazysaptahik.com

टाइग्र भन्छन् ‘मेरो भन्दा सलमानको ब्रासलेटको फ्यान धेरै छन्’


क्रेजी साप्ताहिक । नायक टाइगर श्राफ अभिनित चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । उनलाई बलिउडमा मसला फिल्मको हिरोको रुपमा नँया परिचय दिइरहेको छ, यसले अभिनित ‘वार, बाघी ३’ बक्स अफिसमा राम्रो चले ।

यतिमात्र होइन, अहिलेका बलिउडमा टाइगरको तुलना नायक सलमान खानसँग पनि हुन थालेको छ । तर, सलमानसँग भएको तुलनालाई लिएर टाइगर सन्तुष्ट भने छैनन् । टाइगर भन्छन्–‘सलमान खान बलिउडका शेर हुन् । यदि, सलमानको ब्रासलेटको इन्स्टाग्राम पेज बनाउने हो भने मेरो भन्दा बढी फ्यान ब्रासलेटको हुन्छ ।’

नायक ऋतिक रोशनसँग चलचित्र ‘वार’मा देखिएका टाइगर अब नायक सलमान खानसँग काम गर्न चाहन्छन् । चाडै नै, सलमानसँग सहकार्य हुने उनले बताएका छन् । टाइगर अहिले नयाँ चलचित्र ‘हिरोपन्थी’को तयारीमा छन् भने सलमान ‘राधे’को काममा व्यस्त छन् । यी दुई एकसाथ पर्दामा देखिए भने फ्यानको उत्साह अझै बढ्ने पक्का छ ।

सम्बन्धित खवर