कोरोनाको संक्रमण लण्डनबाट फर्किएकी गायिका कनिका कपुरमा - Crazysaptahik.com

कोरोनाको संक्रमण लण्डनबाट फर्किएकी गायिका कनिका कपुरमा


क्रेजी साप्ताहिक । कोरोनाको संक्रमण देखिएको छ गायिका कनिका कपुरमा । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिका कपुरमा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । केही समय देखी उनी लखनउमा पनि बसेकी थिइन् ।

उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीलाई लखनउमा नै आइसोलेसनमा राखिएको थियो ।

उनी केही दिन अगाडि मात्र बेलायतमा फर्किएको भारतीय टेलिभिजन एबीपी न्यूजले उल्लेख गरेको छ । केही भारतीय मिडियाले भने कनिकाले आफ्नो संक्रमणको बिषयमा लुकाएको समेत उल्लेख गरेका छन् ।

सम्बन्धित खवर