कोरोनाको त्रासका कारण ‘मिस नेपाल २०२०’ स्थगित - Crazysaptahik.com

कोरोनाको त्रासका कारण ‘मिस नेपाल २०२०’ स्थगित


क्रेजी साप्ताहिक । ‘मिस नेपाल–२०२०’ स्थगित भएको छ । कोरोनाको त्रासका कारण बैशाख ३ गते हुने भनिएको मिस नेपालको प्रतियोगिता अनिश्चित समयको लागि स्थगन गरिएको हो । सरकारले मेला-महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्ने आदेश दिएकाले मिस नेपाल प्रतियोगिता स्थागन गरिएको आयोजक संस्था हिडन ट्रेजरले बताएको छ ।

मिस नेपालको फाइनल बैशाख १८ गतेभन्दा पछाडि हुनेछ । मिस नेपाल – २०२० को अडिसन पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा सकिसकेको छ । काठमाडौंमा मात्रै अडिसन बाकीँ थियो । अब उक्त अडिसन पनि अनिश्चित समयको लागि पछि सारिएको छ । यस वर्ष मिस नेपालमा जम्मा ४ उपाधी रहेका छन् । मिस युनिभर्सको उपाधी यस वर्ष नेपालले पाएको छैन ।

सम्बन्धित खवर