रेखाको मेकअप - Crazysaptahik.com

रेखाको मेकअप


क्रेजी साप्ताहिक । नायिका रेखा थापा खासै मेकअप रुचाउँदिनन् । सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी बिना मेकअप पुगिरहेकी हुन्छिन । रेखा मेकअप गर्न अल्छी गर्छिन् । तर, पछिल्लो समय नायिका रेखा थापालाई मेकअपमा देख्न थालिएको छ । केही समय अगाडि नायिका प्रियंका कार्कीको बिबाह पार्टीमा पनि रेखा मेकअप गरेर उपस्थित भएकी थिइन् । चैत १ गते नायिका आँचल शर्माले दिएको बिबाह पार्टीमा पनि रेखा मेकअप गरेर पुगेकी थिइन् । पहेँलो साडीमा सजिएकी रेखाले मेकअप सुहाएको थियो । मेकअपमा रेखालाई निकै सुन्दरी देखिएको थियो ।

सम्बन्धित खवर