कोरोनाका कारण हलिउडको १२ अर्ब डलरको क्षती - Crazysaptahik.com

कोरोनाका कारण हलिउडको १२ अर्ब डलरको क्षती


क्रेजी साप्ताहिक । कोरोना भाइरसको बाट अहिलेसम्म कुनै पनि देश बच्न सकेको छैन । एकातिर अर्थव्यवस्थामाथि गहिरो असर परिरहेको छ भने अर्कोतर्फ भाइरसको प्रकोपले फिल्म जगतले पनि अत्यधिक क्षती व्यवहोर्नु परेको छ । विशेषज्ञलाई मान्ने हो भने हलिउड सायद कहिले पनि यो क्षतीबाट उत्रन सक्नेछैन ।

विशेषज्ञका अनुसार यदि कोरोना भाइरसको डरले जुलाई महिनासम्म फिल्म रिलिज हुन सकेन भने यसले फिल्म उद्योगमा कम्तिमा १२ अर्ब डलरको क्षती हुनसक्छ । अन्तर्रा्ष्ट्रिय मिडिया र मनोरञ्जनका वरिष्ठ उपाध्यक्ष माइक ब्लोक्शमले यो संकटका कारण बक्स अफिसलाई कति क्षती हुनेछ, त्यसको अनुमान लगाउन असम्भव भएको बताएका छन् तर थुप्रै मार्के्टिङ र रिसर्च कम्पनीले तीन महिना बन्द हुँदा कम्तीमा १२ अर्ब डलर क्षती हुने अनुमान लगाएका छन् ।
यी सेलिब्रिटी कोरोना संक्रमितः

विभिन्न देशका थुप्रै सेलिब्रिटी कोरोना भाइरसद्वारा संक्रमित भएका छन् । यसमा टम ह्यान्स्क, रिता विल्सन, ओल्गा क्रुएलेन्को, इदरीस एल्बा, क्रिस्टोफर हिवजूजस्ता सेलिब्रिटी समावेश छन् । एम्मा स्टोन र उनका प्रेमी डेव म्याक्काररीले आफ्नो विवाह स्थगित गरेका छन् ।

हलिउडलाई भारी क्षती हुनुका तीन कारणः
– थुप्रै स्टुडियोले उत्पादन बन्द गरेः

डिज्नी, नेटफ्लिक्स, युनिभर्सल स्टुडियो र थुप्रै अन्य स्टुडियोले कोरोना भाइरसका कारण आफ्नो अमेरिकी उत्पादनलाई बन्द गरेका छन् ।
– बक्स अफिसको सबैभन्दा ठूलो बजार हो चीनः

हलिउडका लागि संसारको दोस्रो सबैभन्दा ठूलो बक्स अफिस बजार भनिने चीनमा ७० हजारभन्दा बढी थिएटर्स बन्द हुँदा पनि व्यापारमा गहिरो असर परिरहेको छ ।
– थुप्रै फिल्म एकैपटक रिलिज हुँदा पनि घाटाः

केही स्टुडियोले आफ्नो नयाँ फिल्मलाई थिएटरबाट वेब प्लेटफर्ममा स्थानान्तरण गर्ने निर्णय गरेको छ । साधारणतया फिल्मको सिनेमा हलबाट ओटीटी प्लेटफर्ममा जाँदा ९० दिनको अन्तराल हुन्छ । युनिभर्सलले सुरुमा ‘द हंट’ र ‘एम्मा’ लाई शुक्रबार डिजिटल रुपमा रिलिज गर्ने घोषणा गरेको थियो । बुधबार सोनी पिक्चर्सले पनि भिन डिजल स्टारर ‘ब्लडशट’ लाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने घोषणा गरेको छ ।

सम्बन्धित खवर