छोटो चलचित्र ‘टाइप पास’ को भाग २ सार्वजानिक - Crazysaptahik.com

छोटो चलचित्र ‘टाइप पास’ को भाग २ सार्वजानिक

क्रेजी साप्ताहिक
पथरी । कोरोनाका कारण विश्व संकटमा परिरहेको बेला नेपालमा पनि यसको लक्षण देखा पर्न थालेपछि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । लक डाउनको बेला राष्ट्रियता टिभीले सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जन दिनका लागि नेपाली छोटो चलचित्रहरु सार्वजनिक गर्न थालेको छ ।

सार्वजानिक गरिने छोटो चल चित्र धेरै पहिले नै छायंकन गरी सेडुलमा राखिएको र अहिले उक्त भिडियो सार्वजनिक गरिएको राष्ट्रियता टिभीका अध्यक्ष ईस्वर दुलालले जानकारी दिए । लक डाउनको बेला घरमा बस्दा बस्दा अल्छी लाग्छ, टायम पास गर्नका लागी भए पनि हामीले भिडियो सार्वजनिक गर्ने निर्णय गरी अहिले नियमित भिडियोहरु सार्वजनिक गर्न थालेका हांै ।

दुलालले भने घरमै बसौ अति आवश्यक काम बाहेक बाहिर ननिस्कौ स्वास्थ्य नै धनलाई मध्यनजर गर्दै पहिले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ख्याल गर्दै साथै सरकरले गरेको लकडाउनको नियमलाई पालना गर्न सुझाव दिए ।

यो छोटो चल चित्रको कथाले दर्सकहरुको मन रुवाउने छ । यसकथाको सारम्समा जसले गरिबलाई साथ दिन्छ, उसलाई भगवानले साथ दिन्छन् भन्ने थिम दिन खोजीएको छ । भिडियोमा मातृका पौडेल, सिसिर बुढाथोकी, ईस्वर दुलाल, कोपिला लिम्बु को अभिनय देख्न सकिन्छ । भिडियोलाई श्याम गिरीले छायकन गरेका हुन् भने सम्पादन सिसिर बुढाथोकीले गरे काहुन् । उक्त छोटो चलचित्रलाई ईस्वर दुलालले नै सहायक निर्देशन गरेक हुने भने मातृका पौडेल र सिसिर बुढाथोकीको निर्देशन रहेको छ ।

भिडियो :-

 

सम्बन्धित खवर