क्रेजी साप्ताहिक । नायिका दीपिका पादुकोणले यो बर्षको सुरुवात चलचित्र ‘थप्पड’बाट सुरु गरिन् । यो चलचित्रमा उनी एसिड आक्रमणमा परेकी एक यूवतीको भूमिकामा देखिएकी थिइन् । उनै, दीपिका अब चलचित्र ‘८३’मा देखिदैछिन् ।
नायिका पादुकोणले कलाकार ऋषि कपुरसँग एक हलिउड चलचित्रको रिमेकमा काम गर्दै्छिन् । यो चलचित्रलाई दीपिका आफैले निर्माण समेत गर्दै्छिन् । दीपिकाले सन् २०१७ मा एक हलिउड चलचित्रमा काम गरेकी थिइन् ।
यसपछि, दीपिकाले कुनै पनि हलिउड चलचित्र साइन गरेको खबर छैन । यस बिषयमा मिडिया कुराकानीमा उनले भनेकी छिन्–‘म चलचित्रलाई हलिउड र बलिउड भनेर मुल्यांकन गर्दिनँ । चलचित्रको कथामा मैले आफूलाई व्यक्त गर्न सक्नुपर्छ ।
यदि, यस्तो खालको अवसर मलाई आउँछ भने म बलिउड भन्दा बाहिरका चलचित्रमा पनि काम गर्न तयार छु ।’ दीपिकाले अगाडि भनिन्–‘मेरो लागि चलचित्रको बिषयवस्तु महत्वपूर्ण छ ।
मैले सन् २०१७ मा हलिउड चलचित्रमा काम गर्नुको कारण, त्यसको बिषयवस्तु थियो । जुन निकै शक्तिशाली थियो । मैले अहिले क्रियाशिल भएर हलिउड चलचित्रको बिषयमा सोचिरहेकी छैन, तर शक्तिशाली बिषय खोजिरहेकी छु ।’