सूर्यवंशीको ट्रेलरले रच्यो इतिहास - Crazysaptahik.com

सूर्यवंशीको ट्रेलरले रच्यो इतिहास


क्रेजी साप्ताहिक । अक्षय कुमारको सर्यवंशी फिलम सन् २०२० को बहुप्रतिक्षित फिल्ममा सूचीमा समावेश छ । यसले जुन प्रतिक्रयामा ट्रेलरले पाइरहेको छ, त्यो हेर्दा पनि सूर्यवंशीलाई प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको भनेर बुझ्न सकिन्छ ।

अक्षय कुमारले ट्वीट गरेर एउटा भिडियो सेयर गरेका छन् । जसमा फिल्मको ट्रेलरले २४ घण्टाभित्र ४ करोड २० लाख भ्यु पाएको जानकारी दिएका छन् । अक्षयले ट्रेलरलाई हात फैलाएर स्विकार गरेकोमा प्रशंसकलाई धन्यवाद दिएका छन् ।

यसका लागि मुम्बईमा कार्यक्रमको आयोजना गरिएको थियो जसमा अक्षय कुमार, कट्रिना कैफका साथै अजय देवगन र रणवीर सिंह पनि समावेश भएका थिए । यी दुई सूर्यवंशीमा ‘स्पेशल अपियरेन्स’ गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म सूर्यवंशीको ट्रेलरले ५ करोड १८ लाख भ्यू पाइसकेको छ ।

सम्बन्धित खवर