विज्ञापनमा खेल्दा दिनको ७ करोड लिन्छन् सलमान - Crazysaptahik.com

विज्ञापनमा खेल्दा दिनको ७ करोड लिन्छन् सलमान


क्रेजी साप्ताहिक । बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ । हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् ।

चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ । हालै सलमानले नयाँ रिलिज हुन लागेको मेवाइलको विज्ञापनमा काम गरेका छन् ।

उक्त मोवाइलको विज्ञापनमा काम गर्दा उनले एक दिनको ७ करोड पारिश्रमिक लिएका छन् । जति दिन छायांकन हुन्छ त्यहीँ हिसाबमा उनले आफ्नो पारिश्रमिक बुझ्नेछन् ।

यस विज्ञापन खिच्न झण्डै ५ दिन लाग्ने बुझिएको छ । सलमानका धेरै फ्यान फलोअर्स छन् । त्यसैले उनलाई मोवाइल कम्पनीले महंगो पारिश्रमिक तिरेर विज्ञापनमा अभिनय गराएको हो ।

सलमानलाई राखे मोवाइलले राम्रो बजार लिने विश्वास सहित मोवाइल कम्पनीले उनलाई एम्बेस्टर बनाएको हो । सलमान खान स्टारर चलचित्र ‘राधे’ रिलिजको तयारीमा छ । यस चलचित्रपश्चात् सलमानले ‘कभी इद कभी दिवाली’मा काम गर्नेछन् ।

सम्बन्धित खवर