‘बधाई हो’मा राजकुमार र भूमी - Crazysaptahik.com

‘बधाई हो’मा राजकुमार र भूमी


क्रेजी साप्ताहिक । बलिउडमा निकै रुचाइएको चलचित्र हो, ‘बधाई हो’ । आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको यो चलचित्रले राष्ट्रिय अवार्ड समेत हात पारेको थियो । समीक्षात्मक रुपमा पनि अब्बल बनेको ।

यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । अब भने सोही चलचित्रको सिक्वेल भन्ने भएको छ । सिक्वेल चलचित्रको नाम ‘बधाई दो’ राखिएको छ । यो चलचित्रले ‘बधाई हो’को कथालाई निरन्तरता दिनेछैन ।

चलचित्रलाई कमेडी जनरामा बनाउने तयारी निर्माणपक्षले गरेको छ । यो चलचित्रको लागि नायक राजकुमार राव र नायिका भूमि पेन्डेकर पक्का भएका छन् ।

राजकुमार र भूमिले यसै चलचित्रमार्फत पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । कथावस्तु राम्रो भएपछि भूमी र राजुकमार काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।चलचित्रलाई हर्षवद्र्धन कुलकर्णीले निर्देशन गर्नेछन् ।

सम्बन्धित खवर