बोल्ड जेनिशा पञ्जाबी गीतमा - Crazysaptahik.com

बोल्ड जेनिशा पञ्जाबी गीतमा


क्रेजी साप्ताहिक । नायिका जेनिशा केसीका चलचित्र दर्शकले हेर्न नपाएको केही बर्ष भैसक्यो । जेनिशा अहिले दुबइमा छिन् । हुनत, उनी मुम्बइमा पुगेर बलिउडलाई सपना बनाएकी थिइन् । तर, जेनिशाको बलिउड सपना भने पुरा भैसकेको छैन । बरु, उनी अहिले दुबइमा रहेर व्यवसाय पनि गरिरहेकी छिन् ।

दर्जन बढी नेपाली चलचित्रमा काम गरेकी जेनिशालाई दर्शकले बलिउड चलचित्र हेर्न कहिले पाउनेछन, यो पक्का भएको छैन । तर, उनै जेनिशा एक पंजाबी गीतको भिडियोमा भने देखिएकी छिन् । ‘फान्टम बोलिए’ बोलको गीतमा जेनिशाको मोडलिङ हेर्न सकिन्छ । ‘भिन्टाज रेकर्डस्को प्रस्तुतिमा तयार भएको यो गीतमा पाभी घुमानको शब्द तथा संगीतमा तयार भएको यो गीतमा जेनिशालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

सम्बन्धित खवर