सैफसँग छुटेपछि अमृताले भोगेका पीडाको बारेमा बोलिन् सारा - Crazysaptahik.com

सैफसँग छुटेपछि अमृताले भोगेका पीडाको बारेमा बोलिन् सारा

 

बलिउड अभिनेत्री सैफ अली खानकी पहिलो पत्नी अमृता सिंह आफ्ना दुई सन्तान सारा अली खान र इब्राहिम अली खानसँग बस्छिन् । सारा आफ्नी आमा अमृतासँग निकै नजिक छिन् । साराले पिता सैफसँग छुट्टिएपछि आमाले भोगेका दुखमा बारेमा बेला बेला खुलेर कुराकानी गर्ने गरेकी छन् ।

साराले एक वेभसाइटलाई दिएको अन्तरवार्तामा आफ्नी आमाले जिन्दगीमा धेरै दुख सहेको खुलाएकी छिन् । आफ्ना अनेक समस्याकाबीच पनि आफ्नी आमाले शिर उच्च पारेर हिँड्नु उनको लागि प्रेरणा भएको बताएकी छिन् ।

उनले आफ्नी आमा उनको हिम्मतको स्रोत भएको पनि खुलाएकी छिन् । उनलाई हौसला र प्रेरणा उनको आमाबाट मिल्ने पनि उनले खुलाइन् ।

साराले आमासँगको सम्बन्ध निकै प्रगाढ रहेको पनि बताएकी छिन् । उनले सम्बन्धविच्छेद भएकी महिलाका लागि समाजले हेर्ने दृष्टिकोण सही नभएको पनि बताइन् । उनले पिता सैफसँग सम्बन्धविच्छेद भएपछि उनकी आमाले थुप्रै सवाल जवाफको सामना गर्नुपरेको बताइन् ।

सम्बन्धित खवर