‘सम्हालिन्छ कहिले मन’ सुटिङ दुवईमा - Crazysaptahik.com

‘सम्हालिन्छ कहिले मन’ सुटिङ दुवईमा

 

फिल्म ‘सम्हालिन्छ कहिले मन’को दुवई पुगेको छ । दुई वर्ष अगाडि बेलायतमा ४५ दिन, मुस्ताङ र काठमाडौंमा समेत खिचिएको फिल्मको केही बाँकी छायाँकन सकाउन निर्माण युनिट दुवई पुगेको हो ।

युनिटमा निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलगायत रहेका छन् । आठ दिनको सेड्युल सहित दुवई उडेको टिमले त्यहाँ फिल्मको एक गीत र केही दृश्य खिच्ने जनाएको छ । दुवईको छायाँकन पछि फिल्म सकिने निर्देशक थापाले जानकारी दिए ।

फिल्ममा पूजा र आकाशको अलवा सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहने फिल्म एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको हो । फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन् । त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्ममा सौरभ लामाको छायाँकन रहेको छ ।

सम्बन्धित खवर