नेपाली चलचित्र उद्योगमा कसैको नसोचेको उपलब्धि भइरहेको छ । यही पंक्तिमा पर्छिन नव–नायिका मलिका महत्त । उनलाई यति चाडै नायिका बन्छु भन्ने लागेको थिएन । तर, चलचित्र ‘यात्रा’ ले करियरमा उच्च यात्रा तय गर्यो ।
मलिका नेपाली चलचित्र क्षेत्रमा भित्रिएसँगै उनलाई ‘क्यूट हिरोइन’ भन्नेहरु पनि धेरै छन् । उनी आफूले नै आफूलाई यसरी मुल्यांकन भने नगर्ने बताउँछिन् । सानैबाट अभिनयमा रुची भएतापनि यस क्षेत्रमा आउन उनलाई साइत नै हेर्नुपर्ने थियो । चलचित्रमा उनी दुबै आँखा देख्न नसक्ने यूवतीको भूमिकामा छिन् ।
मलिका आफूलाई यो भूमिकामा काम गर्न अप्ठ्यारो लागेपनि चुनौती भने लिन तयार भएको सुनाउँछिन् । चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतले सर्वाधिक गाली पाउँदा उनलाई चित्त भने दुखेको रहेछ ।
उनले, आफूलाई यती धेरै आलोचना हुन्छ भन्ने नलागेको पनि स्पष्ट पारिन् । चैत्र २९ गतेबाट रिलिज हुने चलचित्रको व्यापारले आफ्नो करिअरमा नयाँ बाटो कोरिदिने विश्वास उनको छ ।