पत्रकार वावु सुरेशको उपचार सहयोगार्थ ‘कालो पोथी’को च्यारेटी - Crazysaptahik.com

पत्रकार वावु सुरेशको उपचार सहयोगार्थ ‘कालो पोथी’को च्यारेटी

 

दुर्घटनामा परेर घाइते भएका रंग पत्रकार बाबु सुरेश डीसीको उपचार सहयोगका लागि चलचित्र पत्रकार संघ, नेपालले बुधबार चलचित्र ‘कालो पोथी’को च्यारेटी आयोजना गरेको छ । चलचित्र पत्रकार संघ, नेपालले काठमाण्डौको सिभिल मलमा रहेको क्यूएफएक्स हलमा च्यारेटी शोको आयोजना गरेको हो ।

च्यारेटीबाट ५ लाख ५८ हजार रकम संकलन भएको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए । संकलित रकम बाबु सुरेशको परिवारलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले हस्तान्तरण गरेका थिए ।

संघका अध्यक्ष सिटौलाले चलचित्र पत्रकारहरुलाई समस्यामा पर्दा होस् या पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि नै किन नहोस्, चलचित्र पत्रकार संघ सधै लागिपर्ने बताए ।

सम्बन्धित खवर