अभिषेक बिना बाच्नै नसक्ने अवस्थामा पुगेकी करिश्मा आखिर किन बन्न सकिन्न बच्चन परिवारको बुहारी ? - Crazysaptahik.com

अभिषेक बिना बाच्नै नसक्ने अवस्थामा पुगेकी करिश्मा आखिर किन बन्न सकिन्न बच्चन परिवारको बुहारी ?

बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् करिश्मा कपुर । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा महिलाहरुले फिल्ममा अभिनय गरेको इतिहास रहेको थिएन ।

तर, यो परम्परा करिश्माले तोडिन् । तर, सुरुवाती दिनमा उनलाई खासै सफलता मिल्न सकेन । तर, संघष गर्दै गर्दा उनले सफलताको उचाई हात पार्न सफल भइन् । करिश्माको निकनेम लोलो हो । उनले डेब्य गरेको फिल्म प्रेम कैदी हो । बबी देवलसँग उनलाई डेब्यु गराउने कुरा चले पनि बबीको फिल्म निकै पछि रिलिज हुने भएपछि उनले प्रेम कैदी फिल्ममा अभिनय गरेकी थिइन् ।

जब उनको डेब्यु भयो तब उनको लुक्सलाई लिएर धेरै नै मजाक उडाइयो । उनलाई लेडी रणधीर कपुर भनिन्थ्यो । तर, जति नै आलोचित भए पनि उनलाई लिएर फिल्म निर्माण गर्ने निर्माताहरुको लाइन लागेको थियो ।

सन् १९९२ मा उनको ६ वटा फिल्म रिलिज भएको थियो । करिश्माको दोस्रो फिल्म पुलिस अफिसर रहेको थियो । उक्त फिल्ममा ज्याकी श्राफ नायकको भुमिका रहेका थिए । उनकै अंकल ऋषि कपुरले ज्याकी उनको अंकल झै देखिएको बताएका थिए ।

सन् १९९४ मा आएको फिल्म राजा बाबुमा करिश्मा र गोविन्दाको भुमिका धेरैले मनपराए । उनले त्यसपछि सलमान खान, अक्षय कुमार, आमिर खान, शाहरुख खान, सन्नी देवल, अजय देवगनसँग काम गरिन् । करिश्माको धेरै अभिनेतासँग अफयेरको हल्ला पनि चलेको थियो ।

तर, उनले यसबारे केही बोलिनन् । सन् २००२ मा उनको विवाह अभिषेक बच्चनसँग हुने लगभग पक्का भएको थियो । तर, विवाह आटेको केही दिनमा नै इनगेजमेन्ट टुटेको थियो । मिडिया रिपोर्टका अनुसार अभिषेकसँग करिश्माकी आमाले कति कमाउँछौँ भनेर प्रश्न गरेपछि बच्चन परिवार रिसाएको थियो ।

अन्ततः विवाह हुने लागेको सम्बन्ध पनि टुट्यो । सन् २००३ मा उनको विवाह उद्योगपछि संजय कपुरसँग भएको थियो । उनको दुई सन्तान पनि भए । तर, सम्बन्ध लामो समय टिक्न सकेन । सन् २०१६ मा उनीहरुले डिभोर्स गरे

सम्बन्धित खवर