‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’ : मनिषा कोइराला - Crazysaptahik.com

‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’ : मनिषा कोइराला

 


हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् ।

तर रथ जहिले पनि सन्तुलित तरिकाले चल्छ भन्ने ग्यारेन्टी हुँदैन । सुरुवातमा जो पार्टनर राम्रो लाग्छ, उसँग समस्याको सिलसिला त्यतिबेला सुरु हुन थाल्छ जब गृहस्थ जीवनका जिम्मेवारीले आफ्नो खुट्टा पसार्न थाल्छ ।

त्यतिबेला मानिसहरुलाई लाग्छ कि उनीहरु विवाहित जीवनका लागि बनेका होइनन् आफ्नो सम्बन्धविच्छेदबारे कुरा गर्दै मनिषाले भनेकी थिइन्, ‘मेरो विवाहको विषयमा भिन्न विचार थियो । म विवाह गर्न चाहन्थेँ र विवाहित जीवनमा रहँदा मलाई थाहा भयो कि म यसका लागि बनेकी होइन ।

यदि तपाईं एक खराब सम्बन्धमा हुनुहुन्छ भने तपाईं अलग्गिनु नै राम्रो हुन्छ । मेरो मनमा सम्राटप्रति कुनै तित्तता छैन । म हतारमा विवाह गरेकोमा आफैंलाई जिम्मेवार मान्छु । यो पूर्ण रुपमा मेरो गल्ती हो ।’ यतिमात्रै होइन, सन् २०१२ मा सम्बन्धविच्छेद पछि मनिषाको स्वास्थ्य लगातार खस्कन थालेको थियो ।

पछि उनलाई क्यान्सर भएको पत्ता लाग्यो । यद्यपि, उपचारपश्चात् मनिषा पूर्ण रुपमा ठिक भइसकेकी छिन् । तर विवाह टुटेपनि उनलाई यसले पूर्ण रुपमा छोड्न सकेको छैन । उनले एकपटक भनेकी थिइन्, ‘मेरो विवाह टुट्दा म पूर्ण रुपमा टुटेकी थिएँ ।

त्यसपछि मलाई क्यान्सर भएको थाहा भयो । प्रेम मेरो भाग्यमा छैन । कुनै गलत सम्बन्धमा हुनुको साटो यो तितो सत्यलाई स्विकार गरुँ ।’‘म अब कुनै पनि व्यक्तिलाई आफूलाई दुःखी गर्नका लागि अनुमति दिने छैन ।’

सम्बन्धित खवर