अमृताको बारेमा के सोच्छिन् करीना कपूर ? - Crazysaptahik.com

अमृताको बारेमा के सोच्छिन् करीना कपूर ?

 

दोस्रोपटक आमा बनेकी करीना कपूरका विषयमा विभिन्न प्रकारका खबरहरु बाहिर आउँछन् । सैफ अली खानकी दोस्रो श्रीमती बनेकी करीना र सैफकी पहिलो श्रीमती अमृता सिंहको बारेमा जोडिएर पनि विभिन्न समाचारहरु आइरहन्छन् ।

सन् २०१२ मा सैफ र करीनाको विवाह भएको थियो । विवाहअघि नै फिल्ममा सुपरहिट भएको सैफ र करीनाको विवाहपछि पनि निकै हिट रह्यो । सैफकी पूर्व पत्नी अमृता र उनका सन्तानहरु सारा र इब्राहिमको बारेमा करिनाको राय कस्तो छ भन्ने विषयमा पनि चर्चा भइरहन्छ ।

करिनाले सैफले विवाहअगाडि नै अमृता र उनका बच्चाहरुको बारेमा गरेको कुराकानीले उनीहरुप्रति झन् सम्मान पैदा भएको बताइन् । करीनाले अमृतासँग कहिल्यै भेट नभएपनि उनीप्रति उच्च सम्मान र प्रेम रहेको बताउँदै आएकी छन् ।

सम्बन्धित खवर