बलिउड अभिनेता मनोज बाजपेयी कोरोनाबाट संक्रमित भएका छन् । उनी अहिले आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।‘मनोज बाजपेयीका निर्देशक कोरोनाबाट संक्रमित भएयता अहिले बाजपेजी पनि पोजेटिभ देखिएका छन् ।
सुटिङ रोकिएको छ । यो फेरि केही महिनापछि सुरु हुनेछ,’ मनोजका तर्फबाट जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘मनोज ‘डिस्प्याच’ फिल्मको सुटिङ गर्दै थिए, जसको निर्माण रोनी स्क्रूलवालाले गरिरहेका छन् । उनी अहिले औषधि लिइरहेका छन् र उनको उपचार पनि निके तेज चलिरहेको छ ।
उनले आफ’लाई घरमै क्वारेन्टाइन गरेका छन् । सबै सावधानीहरु पालना गरिरहेका छन् । उनी चाडैं निको ह’ने कामना हामी गर्दछौं ।’१९९४ मा ‘द्रोहकाल’ नामक फिल्ममार्फत बाजपेयीले बलिउड डेब्य’’ गरेका थिए ।
यो फिल्ममा उनी एक मिनेटको दृश्यमा देखिएका थिए । त्यसयता उनले धेरै फिल्ममा छोटो रोल गरे । १९९८ मा प्रदर्शनमा आएको ‘सत्या’ फिल्मले बाजपेयीलार्य बलिउडमा चिनाउने काम गरेको थियो । ५१ वर्षीय बाजपेपी बलिउडका अब्बल कलाकारमध्ये गनिन्छन् ।