२८ बर्षमा आलिया, करण जोहरको घरमा बर्थडे पार्टी - Crazysaptahik.com

२८ बर्षमा आलिया, करण जोहरको घरमा बर्थडे पार्टी

बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९९३ मार्च १५ मा आलियाको मुम्बइमा जन्मिएको हो । निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् ।

उनले यो चलचित्रका लागि १६ केजी तौल घटाएकी थिइन् । यो चलचित्रका लागि ४ सय यूवतीले अडिसन दिएका थिए । चलचित्रका निर्माता करण जोहरले आलियालाई तौल घटाउन भनेका थिए । आलियाले बाल कलाकारको रुपमा भने सन् १९९९ मा चलचित्र ‘संघर्ष’मा काम गरेकी थिइन् ।

यसपछि भने आलियाले पछाडि फर्किएर हेर्नु परेको छैन । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धमाका मच्चाएका छन् । आलियाले आफ्नो जन्मदिनको पार्टी भने करण जोहरको घरमा मनाएकी छिन् ।

आलियाको जन्मदिनमा नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह, नायक अर्जुन कपुर, नायिका मलाइका अरोरा लगायत पुगेका थिए । आलियाको प्रेम जीवन पनि सधै चर्चामा रहन्छ । उनी, केही बर्षदेखि नायक रणवीर कपुरको प्रेममा छिन् ।

यसअगाडि उनको नाम नायक सिद्धार्थ मल्होत्रासँग जोडिएको थियो । आलियाको जन्मदिनमा नायक रणवीर कपुर भने उपस्थित हुन सकेनन् । उनी, कोभिड पोजिटिभ देखिएपछि आफ्नै घरमा आराम गरिरहेका छन् ।

सम्बन्धित खवर