गोविन्दा भन्छन्, ’मेरोविरुद्ध षड्यन्त्र गरियो जसले १६ करोडको नोक्सान भयो’ - Crazysaptahik.com

गोविन्दा भन्छन्, ’मेरोविरुद्ध षड्यन्त्र गरियो जसले १६ करोडको नोक्सान भयो’

 

बलिउड अभिनेता गोविन्दाले आफूमाथि भएको षड्यन्त्रका कारण १६ करोडको नोक्सान भएको बताएका छन् । उनले फिल्म उद्योगका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुले उनीमाथि षड्यन्त्र गरेको बताएका हुन् ।

गोविन्दाले जानीजानी उनीमाथि षड्यन्त्र गरेको र जसका कारण करोडौँको नोक्सान बेहोर्नुपरेको बताएका हुन् । उनले १६ करोड (भारतीय रुपियाँ) को नोक्सान भएको समेत खुलासा गरेका छन् । उनले उद्योगका केही व्यक्तिले उनीसँग निकै नराम्रो व्यवहार गरेको र जसको कारण आफूले फिल्म नपाएको पनि बताए।

’म अब २०२१ मा पनि नयाँ सुरुवात गर्न गइरहेको छु । यो काममा पनि षड्यन्त्र भइरहेको छ’, उनले भने। यसैबीच, गोविन्दाले कुली नम्बर १ को विवादको बारेमा पनि बोलेका छन् ।

उनले भनेका छन्, ’तपाईं मलाई कहिल्यै पनि कोही दोस्रो व्यक्तिको बारेमा कुराकानी गरेको देख्नुहुने छैन । मेरो बारेमा बोल्न सबैलाई मज्जा आउँछ होला तर मलाई अरुको बारेमा बोल्न मन लाग्दैन ।’

सम्बन्धित खवर