एक घण्टा कुरा नहुँदा रुने आमिर खानको रिना दत्तासँग यसकारण टुट्यो सम्बन्ध - Crazysaptahik.com

एक घण्टा कुरा नहुँदा रुने आमिर खानको रिना दत्तासँग यसकारण टुट्यो सम्बन्ध

बलिउड अभिनेता आमिर खान ५५ वर्षका भइसकेका छन् । उनले २१ वर्षको उमेरमा रिना दत्तासँग विवाह गरेका थिए । परिवारको अनुमति बिना विवाह गरेका आमिर र रिना कयौँ दिनसम्म लुकेर बसेका थिए ।

क्रिस्टिना डेनियलको पुस्तक ‘आई विल डू इट माइ वे : इनक्रेडिबल जर्नी अफ आमिर खान’ मा यस प्रेम कथाको बारेमा लेखिएको छ । ध म्कीपछि आमिर खानको घरमा गएकी थिइन् रिना ।

आमिर खानले फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा रिनासँग विवाह गरेका थिए । विवाहको एक वर्ष अगाडी मात्र उनीहरुको अफियर सुरु भएको थियो । जति बेला आमिर २० वर्षका थिए भने रिना १८ वर्षकी थिइन् ।

२१ वर्ष लाग्ने वित्तिकै आमिरले विवाहको योजना बनाएका थिए । तर रिना र आमिरको प्रेमलाई परिवारले मन पाराएका थिएनन । यही कारण उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए । कयौँ दिनसम्म उनीहरुले विवाहको कुरा परिवारसँग लुकाएका थिए ।

तर रिनाको बुबाले धम्की दिन थालेपछि रिना आमरिको घरमा पुगेर सबै कुरा बताएकी थिइन् । आमिर खानको पिता ताहिर हुसैनले उनीहरुको विवाहलाई स्वीकार गर्दै रिनालाई बुहारीको रुपमा स्वागत गरेका थिए ।

तर रिनाको पिता भने आमिर र रिनाको विवाहको सम्बन्धको विरुद्ध लागेका थिए । रिनाको चिन्ताको कारण रिनाको पिता बिरामी परे उनलाई कयौँ दिन अस्पतालमा नै राख्नु पर्यो । यसै क्रममा आमिरले रिनाको पिताको धेरै सेवा गरे ।

उनको सेवा भाव देखेर खुसी भएका रिनाको पिताले उनीहरुको सम्बन्धलाई स्वीकार गरे । रिनासँग कुरा नहुँदा रुन्थे आमिर जूही चावलाले एक अन्तर्वातामा गरेको खुलासा अनुसार फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा आमिर रिनालाई धेरै सन्देश पठाउथे ।

एक पटक पुरै युटिन सुटिङको लागि बैंगलोर जाने तयारीमा थियो । तर आमिरको रिनासँग एक घण्टादेखि कुरा भएको थिएन । आमिरले रुदै रिनासँग कुरा नभएसम्म आफू सुटिङमा नै नजाने भन्दै आफ्नो निर्णयमा अडिग बसेका थिए ।

आमिरले रिनालाई भेटे र तत्कालै विवाह गरे । उनीहरुको वैवाहिक सम्बन्ध १६ वर्षसम्म मात्र रह्यो । उनीह्रुले एक अर्कालाई समय नदिएको आ रो प लगाउँदै सन् २००२ मा स म्बन्ध वि च्छे द गरे । उनीहरुको जुनैद र इरा दुई सन्तान छन् ।

सम्बन्धित खवर