‘मनसँग मन’ को यस्तो छ फष्टलुक, प्रदर्शन भने स्थगित - Crazysaptahik.com

‘मनसँग मन’ को यस्तो छ फष्टलुक, प्रदर्शन भने स्थगित

 

फिल्म ‘मनसँग मन’ को प्रदर्शन मिति स्थगित भएको छ । कोरोनाको बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरेसँगै फिल्मको रिलिज मिति स्थगित गरिएको हो । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले २७ चैत्र प्रदर्शन मिति तोकेको थियो ।

नयाँ मितिका लागि वितरकसँग सल्लाह भैरहेको निर्माण युनिटले जनाएको छ । प्रदर्शन मिति परे पनि फिल्मको फस्टलुक भने सार्वजनिक गरिएको छ । फस्टलुकमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटी रोमान्टिक अवतारमा देखिएका छन् ।

पुष्प र बर्षाको अलवा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको मुख्य भूमिका रहेको फिल्मको एक गीतमा पल शाह र पूजा शर्माको नृत्य रहेको छ ।कैलाश राईको निर्देशन, अरुण तामाङको निर्माण रहेको फिल्म सौरभ लामाको छायाँकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य रहेको छ । फिल्मको एक्सन सन्तोष खवासले गरेका छन् ।

सम्बन्धित खवर