सुरु भयो फिल्म ‘अभियान’ - Crazysaptahik.com

सुरु भयो फिल्म ‘अभियान’

फिल्म ‘अभियान’को छायाँकन सुरु भएको छ । सुनसरीको इटहरी स्थित एक गुम्बामा आइतबार मुहूर्त गरिएको फिल्मको सुटिङ आज मंगलबारबाट सुरु भएको हो ।
ऐतिहासिक तामाङ थाकथलो (किपट)को कथामा बन्न लागेको फिल्ममा जय नन्द लामा, दिनेश कोइराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाइवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई र कुमारी मेयाङ्बो रहेका छन् ।

फिल्म रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे र इलाममा छायाँकन हुनेछ । ​लाखमान योन्जन तामाङको निर्देशन रहने फिल्ममा सुमन तामाङको छायाँकन, हेमन तामाङको सम्पादन, जोनी योन्जन, कुन्दन राई, छेवाङ योन्जन तामाङको संगीत र सुरज रौनियारको गीत रहनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.