‘दंगल गर्ल’ अभिनेत्री फातिमा सना शेख कोरोना संक्रमित भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘मेरो कोभिड १९ को टेष्ट रिपोर्ट पोजेटिभ आएको छ ।
अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टिनमा छु । तपाईको चिन्ता तथा प्रार्थनाको लागि धन्यवाद । सुरक्षित रहनुहोस् साथीहरु ।’ कामको कुरो गर्ने हो भने फतिमा अभिनेता अनिल कपुरसँग एक फिल्मको सुटिङमा ब्यस्त रहेकी छन् ।
फिल्मको बारेमा अहिले धेरै जानकारी सार्वजनिक गरिएको छैन । उनी पछिल्लो समय फिल्म ‘लुडो’ मा देखिएकी थिइन् । फिल्ममा उनको अपोजिट भूमिकामा राजकुमार राव रहेका थिए ।