‘म यस्तो गीत गाउँछु २’को ओपनिङ व्यापार कति ? - Crazysaptahik.com

‘म यस्तो गीत गाउँछु २’को ओपनिङ व्यापार कति ?

शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको निर्माणपक्षले दाबी गरेको छ ।

शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले दुई दिनमा एक करोड ८० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ । यो चलचित्रले शुक्रबार देशभरका हलमा ७० लाखको व्यापार गरेको छ भने शनिबार एक करोड १० लाखको व्यापार गरेको वितरक करण क्रेजीले जानकारी दिए ।

आइतबार पनि चलचित्रको व्यापार सुखद् रहेको भन्दै करणले तीन दिनमा दुई करोड माथिको ग्रस कलेक्सन भएको बताए । निर्माणपक्ष, वितरक र प्रदर्शकको आँखा अब मंगलबार परेको शिवरात्रीको बिदामा छ ।

अधिकांश मल्टिप्लेक्सहरुले मंगलबारका लागि चलचित्रको शो वृद्धि गरिसकेका छन् । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको अभिनय छ । चलचित्रले कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्रको बक्स अफिसलाई चलायमान बनाइदिएको छ ।

 

सम्बन्धित खवर