बलिउड अभिनेता शाहिद कपूरले चलचित्र ‘कबीर सिंह’ हिट भएपछि आफ्नो पारिश्रमिक उच्च मात्रामा बढाएका छन् । शाहिदले अभिनय गरेको चलचित्र ‘जर्सी’ अप्रिल १४ मा देशभरका हलमा रिलिज हुँदैछ ।
यो चलचित्रका लागि शाहिदले ३१ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शाहिदले अब अर्को एक नयाँ चलचित्रका लागि महंगो पारिश्रमिक लिएको खबर छ । शाहिद चाँडै नै निर्देशक अली अब्बास जफरको नयाँ चलचित्रमा काम गर्दैछन् ।
एक्सन जनरामा निर्माण हुने यो चलचित्रका लागि शाहिदले ३८ करोड पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ । यो ‘जर्सी’मा उनले लिएको भन्दा २५ प्रतिशत बढी रकम हो । बलिउडमा चलचित्र हिट हुँदै गएपछि कलाकारले पारिश्रमिक बढाउने गर्दछन् ।
चलचित्र निरन्तर फ्लप भएपछि उनीहरुले पारिश्रमिक घटाएको पनि खबर सार्वजनिक हुने गर्दछ । शाहिदले छत्रपति शिवाजी महाराजको बायोपिकमा पनि काम गर्न लागेको खबर सार्वजनिक भइरहेको छ । पारिश्रमिक बलिउड शाहिद कपूर