अभिनयमा धेरै रुचि छैन : प्रकाश दूतराज - Crazysaptahik.com

अभिनयमा धेरै रुचि छैन : प्रकाश दूतराज

गायक प्रकाश दूतराजका एकपछि अर्को गीत श्रोता–दर्शकले रुचाउँदै आएका छन् । फरक खालका गीत ल्याउँदै आएका उनका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेका छन् ।

उनी गीत लेख्ने, भाका बनाउने मात्र होइन, भिडियोमा अभिनय समेत गर्दै आएका छन् । ‘चोली मैलै भो’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ हुँदै दुई साताअघि सार्वजनिक ‘सानु दाइ’ गीतको भिडियोमा प्रकाशले अभिनय गरेका छन् ।

यद्यपि, अभिनयमा भने आफ्नो धेरै रुचि नभएको उनी बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मलाई अभिनयमा त्यति धेरै रुचि होइन । तर मेरो सिर्जना रहेका गीतमा भिडियो निर्माणबारे साथीहरुसँग सल्लाह गर्दा तपाईं नै खेल्नुस् भनेर आग्रह गर्नुभएपछि अभिनय गर्दै आएको हुँ ।’

आफूले अभिनयभन्दा पनि सिर्जनामै बढी ध्यान दिने गरेको प्रकाश बताउँछन् । कोरोनाको तेस्रो लहरपछि मेला–महोत्सवहरुमा समेत व्यस्त बनेका प्रकाश नयाँ गीत आउन केही समय लाग्ने बताए । ‘तयारीमा छु । तर अझै एक–डेढ महिना लाग्ला,’ उनले भने ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.