पल शाह प्रकरण : नम्रताको चिन्ता, ‘उनी कुन हालतमा होलिन् ?’ - Crazysaptahik.com

पल शाह प्रकरण : नम्रताको चिन्ता, ‘उनी कुन हालतमा होलिन् ?’

पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु विस्तारै खुल्न थालेका छन् । अभिनेत्री रेखा, ऋर्चा, प्रियंका कार्कीलगायत थुप्रै अभिनेत्रीले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।

यस्तैमा यस बिषयमा अभिनेत्री तथा मोडल नम्रता सापकोटाले पनि मुख खोलेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै प्रकरणमा पीडित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता ब्यक्त गरेकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन् ‘के उनी ठिक छिन् ? उनी कुन हालतमा होलिन् । उनको परिवारलाई के बितिरहेको होला ?’ उनको पीडितको सुरक्षा समाज र समाजमा रहेको सबैको भएको समेत बताएकी छिन् । उनले यस बिषयमा प्रश्न गरेकी छन् ‘उनको सुरक्षा यो समाज र समाजमा बस्ने नागरिकको हैन र ? ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.