शैक्षिक उन्नतिका लागि प्राज्ञिक उपस्थितिमा जोड - राजकुमार बस्नेत - Crazysaptahik.com

शैक्षिक उन्नतिका लागि प्राज्ञिक उपस्थितिमा जोड – राजकुमार बस्नेत

क्रेजी संवाददाता
पथरीशनिश्चरे, २७ फागुन । शैक्षिक एवम सामाजिक अभियानमा क्रियाशील प्राज्ञिक व्यक्तित्व रामकुमार बस्नेतले उत्तरपूर्वी मोरङको शैक्षिक केन्द्रका रूपमा विकास हुँदै आएको पथरी बहुमुखी क्याम्पसको शैक्षिक उन्नतिका लागि प्राज्ञिक समूहको उपस्थितिमा जोड दिनु भएको छ ।
पथरी बहुमुखी क्याम्पसको १२ औं परिषद अधिवेशनमा अध्यक्षका प्रभावशाली उम्मेदवारका रूपमा रहेका बस्नेतले आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । विषयगत अद्यन, अद्यापन र शोधपरक शिक्षा केन्द्रको रूपमा विकास गर्ने, बीएस्सी कक्षा सन्चालन, टाढाका विद्यार्थीलाई वस सुविधा, सहकारी विषयको पठनपाठन गराउन, भौतिक ब्यवस्थापन र पारदर्शी सहितको चुस्त प्रशासन, विधुतीय उपकरण सहितको कक्षा संचालनको विषयलाई आफ्नो नेतृत्वले स्थापित गर्ने उहाँले प्रतिबद्धता अघि सार्नु भयो । साथै, दातृ निकायसँग पहलकदमी गर्ने, अक्षयकोषको चुस्तदुरुस्त ब्यवस्थापन गर्ने, वन, सहकारी लगायतसङग सहकार्य गरि विषयगत विज्ञ समूहको प्रतिनिधित्व सूनिश्चित गर्ने, कर्मचारी, शिक्षक र प्राध्यापकहरूको बृत्ती विकास गर्ने सहितका योजना अघिसार्दै आफुले नेतृत्व गर्न आफू अग्रसर रहेको बताउनु भयो । आफू अझै पनि सहमतिमा समिति निर्माणको पक्षमा रहेको धारणा राख्नु भयो ।

अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेर निरन्तर शैक्षिक उन्नतिमा लागिपरेका बस्नेतले आफैं समितिमा बस्ने अनि आफैं अरुलाई आरोप लगाएर यो बेला लज्जाजनक अभिव्यक्ति दिनेहरू आफैं लज्जाको पात्रमात्र बन्ने बताउनु भयो । उहाँले आफ्नो समूहको जित सूनिश्चित रहेको जनाउनु भयो । भोलि हुने निर्वाचनमा प्रगतिशील समूहको नाम दिइएको सो समूहको उपाध्यक्षमा नाेवलकिशोर खनाल, सदस्यहरूमा दुर्गा सुवेदी दंगाल, वर्षा सुब्बा डागी, पार्वती विष्ट भण्डारी, अरुणा राई, प्रदीपकुमार राई, कर्ण गदाल विश्वकर्मा, उद्धवराज बस्नेत, उमानाथ अधिकारी, खगेन्द्रप्रसाद लुइँटेल, एकराज निराैला, हर्कराज राई र तेजबहादुर बुढाथोकी उम्मेदवार रहनु भएको छ । लेखातर्फ, सो समूहबाट संयाेजकमा डिल्लीराज दाहाल निर्विरोध निर्वाचित बन्नुभयो । सदस्यमा, दुर्गा सिटौला  र कमलबहादुर भट्टराई उम्मेदवार रहनुभएको छ । उता, गठबन्धन समूहबाट दीपक बस्नेतलाइ अध्यक्ष सहितका सबै पदमा उम्मेदवारी अघि सारिएको छ ।

सम्बन्धित खवर