टेन नवोदय र शिखर एफसीले सेमिफाइनलको यात्रा तय गर्दा वाइजिएफटी र वाइएफसी लिगबाट बाहिरिए - Crazysaptahik.com

टेन नवोदय र शिखर एफसीले सेमिफाइनलको यात्रा तय गर्दा वाइजिएफटी र वाइएफसी लिगबाट बाहिरिए

क्रेजी संवाददाता
पथरी शनिश्चरे, फागुन २८ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज शनिबारको खेल वाइएफसीले जितेको छ ।

तेश्रो चरणको दोश्रो खेलमा वाइजिएफटीलाई २-१ गोल अन्तरले हराउँदै वाइएफसीले जित निकालेको हो । समूह ‘ए’ बाट टेन नवोदय र शिखर एफसी सेमिफाइनलमा प्रवेश गरेका छ्न । टेन नवोदयले खेल तालिकामा ७ र शिखर एफसीले ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । त्यस्तै, समूह चरणबाट कम अंक प्राप्त गर्दै वाइजिएफटी र वाइएफसी बाहिरिएका छ्न । खेल तालिकामा वाइजिएफटीले १ र वाइएफसीले ३ अंक जोडेको छ ।

पहिलो चरणको खेलमा शिखर एफसी र तेश्रो चरणको आजको खेलमा वाइएफसीसँग पराजित भएको वाइजिएफटीले दोश्रो चरणको खेलमा टेन नवोदयसँग बराबरी खेलेर १ अंक मात्र जोड्न सफल भएको छ भने पहिलो र दोश्रो चरणमा क्रमशः टेन नवोदय र शिखर एफसीसँग हार बेहोर्दै शून्य अंकमा रहेको वाइएफसीले आजको खेलमा वाइजिएफटीलाई हराउँदै ३ अंक जोड्न सफल भयो ।

आजको खेलमा वाइएफसीका मोहन राई र बिनायक लिम्बूले क्रमशः ७ र ३५ औं मिनेटमा दुई गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५३ औं मिनेटमा वाइजिएफटीले उपहार गोल पाएको थियो । वाइएफसीका भिषण राईले आत्माघाती गोल गर्दै उपहार स्वरुप १ गोल वाइएफसीलाई दिलाएका थिए । योसँगै खेलमा २-१ को अग्रता वाइएफसीले निकाल्यो ।

खेलको म्यान अफ दि म्याच वाइएफसीका विनायक लिम्बू घोषित भए । भोलिको खेल समूह ‘बि’ अन्तर्गतको खेल न्यु स्टार एफसी र सिरिजङ्गा एफसीका बिच हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए ।

सम्बन्धित खवर