‘प्रिमियर लिग’ : चार टिमले सेमिफाइनलको यात्रा तय गरे - Crazysaptahik.com

‘प्रिमियर लिग’ : चार टिमले सेमिफाइनलको यात्रा तय गरे

क्रेजी संवाददाता
पथरी शनिश्चरे, फागुन ३० । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनलमा चार टिम प्रवेश गरेको छन ।
समूह ‘ए’ बाट टेन नवोदय र शिखर एफसी साथै समूह ‘बि’ बाट द रियल ब्रदर्श र न्यु स्टार एफसी समूहको विजेता र उपविजेता बन्दैँ सेमिफाइनलमा प्रवेश गरेका हुन । खेल तालिकामा टेन नवोदय र द रियल ब्रदर्शले ७-७, शिखर एफसी र न्यु स्टारले ६-६ अंक जोडेका छ्न ।
लिग चरणबाट वाइएफसी, वाइजिएफटी, सिरिजङ्गा र देविगन्ज एफसीले खेल तालिकामा कम अंक क्रमशः ३, १, ३ र १ अंक जोड्दै बाहिरिएका हुन ।

आज सोमबारको खेल
आज सोमबारको खेल बराबरीमा सकिएको छ ।
द रियल ब्रदर्श र देविगन्ज एफसी बिच भएको खेलमा दुवै तर्फबाट निर्धारित समयमा गोल हुन सकेन । खेल अवधीमा दुवै टिमले निकै राम्रा अवसरहरू पाएपनि गोल भने गर्न सकेनन् । दुवै टिमले खेल समाप्तिसँगै १-१ अंक बाँडे ।

खेलको म्यान अफ दि म्याच देविगन्ज एफसीका मन्जिल खड्का घोषित भए । उनले ट्रफी र मेडल सहित नगद तीन हजार रुपैयाँ प्राप्त गरे । बुधबारदेखि सेमिफाइनलका खेलहरू सुरु हुँदैछ । पहिलो सेमिफाइनलको खेल समुह ‘ए’ को विजेता टेन नवोदय र समूह ‘बि’ को उपविजेता न्यु स्टार एफसीका बिच हुने आयोजक समितिका सचिव मनि लुम्फुवाले बताए ।
खेल पथरी शनिश्चरे नगरपालिका ०१ स्थित जाँते मोडको खेल मैदानमा संचालन भइरहेको छ ।

सम्बन्धित खवर