होलीको दिन  - Crazysaptahik.com

होलीको दिन 

 

📃🖋 तारा लाओती लिम्बू 

मनहरू खुशीले रंगीन बनोस् होलीको दिन

तनहरू स्फूर्तिले रंगीन बनोस् होलीको दिन

बर्षमा एकपटक आउने रङहरूको यो चा

माया सदभाव अझै बनोस् होलीको दि

हरेक रङहरूले खुशी छर्ने रमाईलो यो पर्व

दुःख भूलाई सबै उमंग बनोस् होलीको दिन

साथी-संगी मिली खुलेर मनाउने हो यो चाड

मित्रता झनै रङ-बिरंगी बनोस् होलीको दिन

बन्धुबान्धबबिचको दुरी मेट्ने यो पनि हो पर्व

सम्बन्ध पुरै रंङी-चंङी बनोस् होलीको दिन

  • पथरी-शनिश्चरे नगरपालिका-१, मोरङ

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.