यसरी मनाए सेलिब्रिटीले होली (तस्वीरहरु) - Crazysaptahik.com

यसरी मनाए सेलिब्रिटीले होली (तस्वीरहरु)

फागुपूर्णिमा अर्थात् होली पर्व बिहीबार पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् ।

 

उनीहरु सामाजिक सञ्जालका टाइमलाइनमा होलीका तस्वीर सेयर गरिरहेका देखिन्छन् कलाकारहरु दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम लगायतले रङ दलेर फागुपर्व मनाएका तस्वीर सेयर गरेका छन् ।

गिरीले चन्द्रागिरीस्थित घरमै परिवारसँग मनाए भने दीपाले पनि परिवारसँगै सेलिब्रेट गरेकी छन् । भिडियो छायांकनका लागि जनकपुर पुगेकी मोडल एलिजा गौतमले को–एक्टर पुष्पा खड्कासँग मनाएकी छन् ।

अभिनेत्री आँचलले पति उदिपसँग रङ दलेकी छन् । रेखाले दिदी र भाइहरुसँग होली मनाएको तस्वीर सेयर गरेकी छन् । निर्देशक दिवाकर भट्टराईले पत्नी तथा अभिनेत्री दीपिकासँग होली मनाएका छन् ।

विगतमा करिश्मा मानन्धर, छवि ओझासहितका कलाकार र निर्माताले होली कार्यक्रम आयोजना गर्ने गरिएपनि यसपटक भने त्यस्तो छैन ।मण्डला थिएटरले कलाकारका लागि होली कार्यक्रम आयोजना गरेको छ भने विभिन्न संस्थाले पनि कार्यक्रम आयोजना गरेका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.