‘आरआरआर’को प्रचारका लागि आमिर पनि पुगे दिल्ली - Crazysaptahik.com

‘आरआरआर’को प्रचारका लागि आमिर पनि पुगे दिल्ली

 

‘गंगुबाई काठियावाडी’मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी बलिउड अभिनेत्री आलिया भट्ट आगामी फिल्म ‘आरआरआर’को प्रमोसनमा जोडतोडले लागिपरेकी छन् ।

४०० करोड भारुको बजेटमा तयार भएको यो फिल्म यही मार्च २५ मा सिनेमा हलहरुमा रिलिज हुँदैछ । प्रमोसनकै क्रममा यो फिल्मको टिम आफ्ना स्टारकास्ट सहित राजधानी दिल्लीमा छ ।

यसमा आश्चर्य मान्नुपर्ने त अर्को विषय छ, यो फिल्मको प्रमोसनका लागि बलिउड अभिनेता आमिर खानसमेत दिल्ली पुगेका छन् । आइतबार ‘आरआरआर’का मुख्य अभिनेता राम चरण, जुनियर एनटीआर, आलिया भट्ट, निर्देशक एसएस राजमौली फिल्मको प्रमोसनका लागि दिल्लीको कनोट प्यालेस पुगेका थिए ।

त्यसबेला आमिर पनि फिल्मका स्टारकास्टको सपोर्ट गरिरहेको अवस्थामा देखिए । आमिरले त्यसबेला ‘आरआरआर’का कलाकारहरुसँगै ‘नाटो नाटो’ गीतमा डान्स समेत गर्ने कोशिश गरेका थिए ।

सम्बन्धित खवर