‘२ नम्बरी’मा वर्षाको ठाउँमा उपासना - Crazysaptahik.com

‘२ नम्बरी’मा वर्षाको ठाउँमा उपासना

फिल्म ‘२ नम्बरी’को नायिकामा उपासना सिंह ठकुरी फाइनल भएकी छन् । वर्षा राउतले फिल्म छाडेपछि उनको ठाउँमा उपासना भित्रिएकी हुन् । प्रस्तुतकर्ता किरण नेपालीले वर्षाको ठाउँमा उपासनालाई अनुबन्धित गरिएको जानकारी दिए ।

उनले  भने ‘उपासना इन्ट्री भएसँगै फिल्म लक्ड भएको छ,’ । फिल्मकी अर्की नायिकामा भुटानकी उगेन छोदेन यसअघि नै फाइनल भइसकेकी छन् । यो ‘२ नम्बरी’मा दयाहाङ राई र सौगात मल्ल मुख्य अभिनेता छन् ।

दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने तयारीमा छ । ‘क्याप्टेन’देखि फिल्म करिअर थालेकी उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’ फिल्ममा पनि अभिनय गरेकी छन् ।

निर्माता, कलाकार र पटकथामा हेरफेर गर्दै फिल्म ‘२ नम्बरी’ पुनः छायांकनमा जाने तयारीमा छ । कोरोना महामारीका कारण प्रभावित यो फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माता छन् ।

 

 

 

सम्बन्धित खवर