ठमा पूजा र आकाशको ‘सम्झना–बिर्सना’ - Crazysaptahik.com

ठमा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

प्रेम कथानक फिल्म ‘सम्झना–विर्सना’को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउनेछ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङलगायतको अभिनय छ ।

निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मले वितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको सम्वाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।

शिव ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मले प्रेम जोडीबीच हुने विविध आरोह अवरोहलाई प्रस्तुत गर्दछ ।

सम्बन्धित खवर