‘एनिमल’मा रणवीरको जोडी रश्मिका - Crazysaptahik.com

‘एनिमल’मा रणवीरको जोडी रश्मिका

बलिउड अभिनेता रणवीर कपुर आफ्नो फिल्म ‘ब्रम्हास्त्र’का कारण अहिले चर्चामा छन् । साथै उनको अर्को फिल्म ‘एनिमल’को पनि चर्चा छ । दक्षिण भारतका चर्चित निर्देशक सन्दीप रेड्डी वंगाको फिल्म ‘एनिमल’मा रणवीरसँग जोडी बाँध्न साउथ अभिनेत्री रश्मिका मन्दाना आउने भएकी छन् ।

यसअघि परिणिती चोपडाले अभिनय गर्ने भनिएको फिल्ममा उनी बाहिरिएपछि रश्मिकाको ‘इन्ट्री’ भएको हो । भारती सञ्चारमाध्यमका अनुसार रश्मिकाले ‘एनिमल’मा काम गर्नका लागि साइन गरिसकेकी छन् ।

केही समयअघि बक्स अफिसमा धमाका मच्चाएको साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’की नायिका रश्मिका अब बलिउडमा पनि छाउँदैछिन् । उनी सिद्धार्थ मल्होत्रासँग ‘सिमसन मजनू’बाट दर्शकमाझ आउँदैछिन् भने अमिताभ बच्चनका साथ ‘गुडबाई’मा देखिनेछिन् ।

 

सम्बन्धित खवर